आज :

माओवादी केन्द्रको बैठक भोलिसम्मको लागि स्थगित, आज क-कसले बोले ?

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समितिको बैठक भोलिसम्मको लागि स्थगित भएको छ । पहिलो दिन अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन र विधान संशोधनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

पहिलो दिन १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । प्रवक्ता कृष्णबहादुर महराका अनुसार पहिलो दिन बोल्नको लागि ५६ जनाले नाम टिपाएका थिए । जसमध्ये १८ जनाले राजनीतिक प्रतिवेदन र विधानमाथि धारणा राखेका छन् ।

बैठक विहान ११ बजेबाट बेलुका ६ बजेसम्म संचालन गर्ने कार्यतालिका भएपनि पहिलो दिन ५ बजेसमम्म चलेको हो ।

आजको बैठकमा कृष्ण केसी, हिमाल शर्मा, ओम शर्मा, लक्ष्यराम आचार्य, लोकेन्द्र लम्साल, टिका बुढाथोकी, रामकुमारी चौधरी, राचिन रोका, विसेन्द्र च्याम्जुङ, पुष्पविक्रम मल्ल, सुरेन्द्र बस्नेत, कृष्णकुमार चौधरी, रविन्द्र श्रेष्ठ, धनजीत शाहीसहित १८ जनाले आफ्नो धारणा राखेका छन् ।
उनीहरुले पार्टीलाई सुद्धिकरण अभियानमा लैजानु पर्ने, सरकारका गरेको राम्रा कामलाई जनतासमक्ष पुर्याउन नसकिएको, पार्टीभित्र मौलाइरहेको व्यक्तिवादी अराजकताविरुद्ध मुल नेतृत्व निर्मम हुनुपर्ने धारणा राखेका छन् ।

बैठक भोलि विहान ११ पुनः बस्ने महासचिव देव गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal