आज :

माओवादी केन्द्रको बैठक १ बजेको लागि सर्यो, लाइन नगर्ने निर्णय

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक दुई घण्टा पछि सरेको छ । ११ बजेको लागि तय भएको बैठक दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।

विहान बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने निर्णय समेत गरेको छ । नेता कार्यकर्ताले तीब्र असन्तुष्टि जनाएपछि पाँचै दिन लाइभ गर्ने यसअघि स्थायी समिति बैठकको निर्णय सच्याउँदै लाइभ नगर्ने निर्णय गरेको छ ।

त्यसैगरी पदाधिकारी बैठकले राजनीतिक र सांगठानिक प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । साथै, केन्द्रीय समिति विस्तार गर्ने निर्णय समेत गरेको छ । माओवादीले केन्द्रीय समिति ४०७ जनाको बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal