काठमाडौं । माओवादी केन्द्रका सांसद, माधव सापकोटाले एमालले सुन प्रकरणमा समितिको मात्रै माग गर्नु शंकास्पद रहेको तर्क गरेका छन् ।
मंगलबार, बस्ने भनिएको संसद बैठक नबसेपछि पत्रकारसंग कुरागर्दै उनले समिति गठनको मात्रै हठ गरिनु शंकास्पद रहको बताए । ‘एउटा कुरा जायज भएको छैन् । यदी राजस्व अनुसन्धान विभागले, अनुसन्धान गरेको विषयप्रति चित्त बुझेन भने फेरी पनि आवाज उठाउन सकिन्छ ।’उनले भने ‘तर कुरा के हो समितिको मात्रै हठ गरिरहनु भएको छ त्यसका पछाडि के भन्ने भन्ने कुरा शंका गर्ने ठाउँ छ ।’
गृहमन्त्रीको राजिनामाबारे उनले भने ‘राजिनामा किन दिने । सुन पक्राउ भएको । भ्रष्टाचारीलाई पक्राउ गरिएको छ । स्यावास सरकार भन्नु पर्ने बेलामा जनताले वाह वाह गर्ने गरि काम भइरहेका बेला । ’


अनलाइन डबली



