काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सुन तस्करमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् ।
पुनले दावासँग ८ वर्ष पहिले भएको परिवारिक भेटको क्रममा खिचिएको सामुहिक तस्वीरलाई लिएर आफ्नो चरित्रहत्या गरेको बताएका छन् ।
सोमबार माओवादी केन्द्रको पदाधिकारी बैठकमा बोल्दै पुनले सरकारको भ्रष्टाचारविरोधी अभियानलाई अन्यन्त्रै मोड्ने नियोजित षड्यन्त्रअनुसार आफ्नो नाम मुछिएको दाबी गरे ।
पुनले सुन तस्करीको गम्भीर छानविन गर्न विज्ञहरुसहितको छानविन समिति गठन गर्न माग गर्दै आफू दोसी भए जस्तोसुकै सजाय भोग्न तयार रहेको समेत बताए ।
बैठकमा बोल्दै पुनले पुनले यस्तो प्रकरणमा मुछिएको पुष्टि भए पार्टी र सरकारले कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितताविरोधी अभियान रोकिन नहुने समेत बताए । उनले यसमा पार्टीका नेताहरु संलग्न भएको पुष्टि भए जेल जान तयार हुनुपर्ने बताए ।