काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विधान अधिवेशन आगमी मंसिरमा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले मंसिरमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी यही १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको लाइभ गर्ने निर्णय पनि बैठकले गरेको छ । केन्द्रीय समिति बैठक पाँच दिनसम्म चलाउने निर्णय समेत पदाधिकारी बैठकले गरेको छ ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि स्थायी बैठक बस्नेछ । उक्त बैठकले नेताहरुको कार्यविभाजनको खाका तयार गर्ने छ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने पदाधिकारी बैठकमा जानकारी गराएका छन् ।