
काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा स्थित धार्मिक महत्व बोकेको मन्दिर तथा सस्कृति संग जोडिएको सत्तल माथि काठमाडौँ महानगरले सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार भएको भन्दै समुदाय बिरोध गरेका छन्।(ल्हुति) बालाजु बाइसधारा संरक्षण संघर्ष समिती, नागरिक समाजको आव्हानमा स्थानीय समुदायले आज महानगरले संचालन गर्दै आएको बाजाजु उद्यानको प्रवेश द्वारमै प्लेकार्ड सहित धर्ना , प्रदशन गरेका हुन्।
स्थानीय तथा सामाजिक अभियन्ता रबिन्द्र कुमार श्रेष्ठ भने ‘ महानगरले संचालन गरेको उद्यानले हाम्रो पुर्खाले चलाउदै आएको धर्म, सस्कृति माथि ठाडो हस्तछेप गरेको छ , पहिला मन्दिर तथा सत्ताल जादा पार्क भएर जान पर्दैन थियो। हाल पार्क भएरै धार्मिक स्थल जान स्थानियलाइ बाध्य गरिएको छ। पार्कले आफु अनुकुल ( साँझ ६ बजे पछी ) गेटमा ताल्चा लगाइदिदा यहाको धर्म सस्कृति अतिक्रमणमा परेको छ। महानगर प्रमुख बालेनलाइ उनकै सचिवालय मार्फत अवगत गराउदा पनि भेट्ने समय दीइएन। धर्म सस्कृति जोगाउने जिम्मा महानगरको हो , तर महानगरले नै यसमा हस्तक्षप गरेपछि , शान्ति पूर्ण आन्दोलन स्वरूपपा पहिलो चरणमा धर्ना बस्न लागेको हो। ’
समितिले जारि गरेको बिज्ञप्ति यस्तो छ –
काठमाडौं महानगरपालिका वडा नं १६ (ल्हुति) बालाजु स्थित (ल्हुति) बालाजु बाइसधारा क्षेत्र ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सहिष्णुताको दृष्टिले उदाहरणीय क्षेत्र हो। मुख्यत: हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको (ल्हुति) बालाजु बाइसधारा परिसरमा हुने विभिन्न खालका धार्मिक, सांस्कृतिक कृयाकलापहरु, जात्रा, पर्वहरु परापुर्वकाल देखि नै स्थानीयहरुले सामुहिक रुपमा मनाउदै आएको सर्वविदितै छ। तर, पछिल्लो समय काठमाडौं महानगरपालिका मातहत चल्ने (ल्हुति) बालाजु बाइसधारा उद्दानले गरेको निम्न अनुसारको धार्मिक, सांस्कृतिक अतिक्रमण, भ्रस्टाचार तथा समुदाय बिरोधि कार्यले, हामी स्थानीयहरुको ध्यानाकर्षण भएको छ।
१) धार्मिक तथा सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार सम्बन्धमा:
नेपालको संविधान २०७२ ले प्रत्येक धार्मिक तथा सांस्कृतिक सम्प्रदायलाई धार्मिक तथा सांस्कृतिक सभ्यता, सम्पदा संरक्षण तथा जात्रा, पर्वहरु स्थानीयहरुलाई संचालन गर्ने हक तथा संवैधानिक अधिकार प्रदान गरेको छ। तर, काठमाडौं महानगरपालिकाले परापुर्वकाल देखि स्थानीयवासीले संचालन गर्दै आएको (ल्हुति पुन्ही) बालाजु बाइसधारा मेलालाई बिना छलफल कहिले महानगरका कर्मचारी, त कहिले वडा अध्यक्षलाई संयोजक बनाइ जात्रा पर्वहरुमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्दै, जात्रा, पर्वको लागि आएको बजेट संगठित रुपमा हिनामिना गरेको छ। सोही बिषयमा कामपाका सम्बन्धित सबै निकाय/तह लाई सैयौंको संख्यामा स्थानीयहरुले हस्ताक्षर गरेर निवेदन दिदा पनि केही काम कार्वाही नभएको प्रती ध्यानाकर्षण गराउदछौं।
२) शितला माइ देविको सामुदायिक टहरा माथी अतिक्रमण सम्बन्धमा:
काठमाडौं महानगरपालिका अन्तर्गत रहेको (ल्हुति) बालाजु बाइसधारा भित्र हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यहरुको लागि स्थानीयहरुले उपयोग गर्दै आएको शितला माइको सामुदायिक ट्रष्ट माथी अतिक्रमण गर्दै, परापुर्वकाल देखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक कार्यमा बाधाअड्चन खडा गर्ने काम गरेको प्रती ध्यानाकर्षण गराउदछौ।
३) मन्दिर प्रवेशद्वार सम्बन्धमा:
काठमाडौं महानगरपालिकाको अस्तित्व हुनु भन्दा अगाडि नै बालाजु बाइसधारामा शितला माइ मन्दिर र रत्नचुडेश्वर मन्दिरहरु रहेको र उक्त क्षेत्रको पहिले देखि नै आफ्नो छुट्टै प्रवेशद्वार रहेकोमा अहिले बन्द गर्दै, पुजाआजा गर्न आउने भक्तजनहरुलाई पनि टिकट काट्नु पर्ने अवस्था सिर्जना भएको हुनाले, पुरानो मन्दिरको प्रवेशद्वार खोल्नको लागि ध्यानाकर्षण गराउदछौ।
४) (ल्हुति) बालाजु बाइसधारा उद्दानले साझ ६:३० बजे गेट बन्द गर्ने सम्बन्धमा:
(ल्हुति) बालाजु बाइसधारा उद्दान बनाउन जग्गा, श्रमदान गर्ने स्थानीयवासीहरुको मर्म विपरित, उद्दान भित्र कैद मठमन्दिर, धर्म, संस्कृति जोगाउन गरिने पुजाआजामा असर पुग्ने, साथै बिहान चिसोमा निस्किन गार्हो हुने वृद्धवृदा/ बालबच्चाहरु लगायत साझको समय स्वास्थ लाभको लागि हिडडुल गर्ने साझको समयमा उद्दान बन्द हुने गलत निर्णय सच्चाउनको लागि ध्यानाकर्षण गराउदछौ।
५) (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नति र पुरातात्त्विक सम्पदाको संरक्षण सम्बन्धमा:
(ल्हुति)बालाजु बाइसधारा उद्दान आफैमा प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाले भरिपुर्ण क्षेत्र हो। तर, पछिल्लो समय प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐनलाई बेवास्ता गर्दै, स्थानीयहरुको विरोधको वाबजुद सैयौं बर्ष पुरानो पोखरीहरुमा सिमेन्टले ढलान गर्दा पानीको प्राकृतिक मुहान सुक्न गै २२ धारामा पानी नआउने अवस्थामा पुगेको छ। यसर्थ, प्राकृतिक, धार्मिक तथा पुरातात्त्विक सम्पदा माथी भएको गैरकानुनी कार्य सच्चाउन र (ल्हुति) बालाजु बाइसधारा उद्दानको स्तर उन्नती गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउदछौ।
६) स्थानिय तहमा स्थानीयहरुलाई रोजगारको व्यवस्था गर्ने सम्बन्धमा।
संघीयताको मर्म र भावना अनुरुप स्थानीय तहमा कार्यरत कर्मचारी भर्नामा स्थानीयलाई नै प्राथमिकतामा राख्न ध्यानाकर्षण गराउदछौं।
७) (ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र पानीको सम्बन्धमा।
(ल्हुति) बालाजु बाइसधारा उद्दान भित्र रहेको २२ धारामा पानी आउने व्यवस्था छैन। स्थानीयहरु पानी नपाएर काकाकुल छन्। तर, उद्दान भित्रबाट डिप बोरिङ गरि दैनिक थुप्रै ट्याङकर पानी किन र के का लागि लगिएको हो ध्यानाकर्षण गराउन।
अन्तमा: ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक क्षेत्र (ल्हुति) बालाजु बाइसधारा उद्दानमा भएको धार्मिक तथा सांस्कृतिक अतिक्रमण रोक्न, आर्थिक/नैतिक भ्रष्टाचारको छानबिन गर्न, पुरातात्त्विक सम्पदाको संरक्षण गर्न र गराउन संघर्ष समिती काठमाडौं महानगरपालिकालाई आग्रह गर्दछ।
यो समाचार संग सम्बन्धित ‘ ल्हुति ’ बालाजुमा लाग्ने मेला बारे सास्कृतिक महत्व एस्तो छ – तल दिएको लिंकमा क्लिक गर्नुहोला l
बालाजु बाईस धारा, तान्त्रिक सिद्धि र श्रृर्जना , यस्तो छ इतिहास