आज :

बामगती प्रदेशले गरेको विवादित बढुवा कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

  • अनलाइन डबली

काठमाडौं । बागमती सरकारले गरेको प्रदेश स्वास्थ्य सेवाका चारजना कर्चमारीको बढुवा खारेज हुने भएको छ । विहीबार उच्च अदालत पाटनले संघको निजामती सेवा ऐनसँग बाँझिने गरी प्रदेशले बढुवा गरेको भन्दै तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

बागमती मन्त्रिपरिषद् बैठकले संघको ऐनसँग बाँझिनगरी प्रदेश निजामती ऐन कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । उक्त  ऐनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बढुवा समितिको सचिवालयले एघारौँ तहको निर्देशक/प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा दिपक प्रसाद तिवारी, वसन्त अधिकारी, डा. अर्जुन प्रसाद सापकोटा र डा. नरेन्द्र कुमार झालाई बढुवा गरेको थियो ।

प्रदेशले बढुवा गरेपछि उनिहरुविरुद्ध उजुरी परेको थियो । बढुवा भएको २१ दिनभित्र उजुरी दिन पाउने व्यवस्था रहेको छ ।

जनस्वास्थ्य प्रमुख बन्ने हैसियतका कर्मचारीलाई मेसुको बनाउने गरी गैरकानूनी रुपमा बढावा गरिएको भन्दै सरकारी चिकित्सकहरुले नै अदालत पुगेका थिए । तिवारी र अधिकारी हेल्थ इन्सपेक्सन समूहका हुन् भने सापकोटा र झा एकीकृत चिकित्सा समूहका हुन् । मेसु हुनलाई न्यूनतम योग्यतामा एमबीबीएस र एमपीएच पास गरेको हुनुपर्छ ।

बागमती प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७९ ले प्रदेश स्वास्थ्य सेवाको एघारौँ तहमा बढुवा हुन अधिकृत दसौँ तहमा कम्तीमा ५ वर्ष सेवाअवधी पुरा गरी सेवा, समूहसँग सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भएको कर्मचारी बढुवाका लागिउम्मेद्वार हुनसक्ने व्यवस्था गरिको छ । यो विवादित बनेको छ ।

राजनीतिक पहुँचकै कारण प्रदेशले स्वास्थ्य सेवामा कार्यरत रही स्वास्थ्य विषयका जुनसुकै विधामा स्नातकोत्तर उत्तीर्ण कर्मचारी एघारौँ तहमा बढुवा हुन सक्ने व्यवस्था राखेको एक कर्मचारीले बताए ।

संघले दिएको अधिकारसँग बाझिने गरी प्रदेशले विशिष्टीकृत ज्ञान र सोही विषयमा आवश्यक योग्यता हासिल नै नगरेको जनशक्ति कानुनी छिद्रका आधारमा विशिष्टीकृत सेवाको पदमा बढुवा गरेको थियो ।

बढुवामा रोकिएका चारै जना कर्मचारी विवादित र राजनीतिक पहुँच भएका आधारमा आफू अनुकुल कार्य गर्दै आएको आरोप खेप्दै आएका छन् । अधिकारी माओवादी, झा एमाले र तिवारी काँग्रेससँग निकट छन् भने सापकोटा अकुत सम्पतिको धाक लगाउँदै आएका छन् । उनीविरुद्ध सम्पती शुद्धकरण विभागमा उजुरी समेत परेको छ ।

तर, सोही लटमा ल्याव समूहका नारायण कार्कीको बढुवामा भने कुनै विवादत भएन । उनले आफ्नै समूहबाट दशौंबाट एघारौं तहमा बढुवा भएका छन् । उनी स्वास्थ्य सचिव बद्र खड्कापछिका वरिष्ठ कर्मचारी बनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal