आज :

देउवा र शेरखरलाई जोड्ने पुल बन्दै रामहरि खतिवडा

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता रामहरि खतिवडाले काँग्रेसभित्रको गुटमाथि प्रहार गरिरहेका छन् । उनले गुटकै कारण काँग्रेस कमजोर हुँदै गएको भन्दै पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला मिलेर जानुपर्नेमा जोड दिँदै आएका छन् । दुबै नेताबीच पार्टी, सरकार र सदनको कामबारेमा एउटा समझदारी बनाउनेमा खतिवडाको जोड छ ।

सभापति देउवा र नेता कोइरालाको दूरी घटाउँदै लगेकै कारण काँग्रेसभित्र खतिवडाको चर्चा बढ्न थालेको छ । उनलाई देउवा र कोइरालालाई जोड्ने पुलको रुपमा हेर्न थालिएको छ । जारी केन्द्रीय समिति बैठकमा खतिवडाको अभिव्यक्तिलाई हेर्दा पनि खतिवडाले पुलको रुपमा काम गरिरहेको देख्न सकिन्छ ।

काँग्रेसमा मान्यता पाउँदै आएका गुटकै कारण काँग्रेसमा राम्रा र इमान्दार पछि पर्ने तर अबसरवादी, नेताको वरिपरी घुम्नेहरु जिम्मेवारी आउन थालेपछि पार्टी कमजोर भएको निष्कर्ष खतिवडाको छ ।

काँग्रेस केन्द्रीय समिति बैठक समेत खतिवडाले “गुटका कुराले मात्रै पार्टी दरो हुँदैन, क्षमता योग्यता भएर पनि गुटका कारण पछि पर्ने हुन्छन्” भनेका थिए ।

खतिवडाले नेता शेखरलाई बैठकमै धन्यवाद समेत दिएका थिए । “एकले अर्कालाई गाली गर्दै हिड्यौं भने काँग्रेस दरो हुँदैन । यो परिस्थितिमा शेखर कोइरालालाई धन्यवाद पनि दिन चाहन्छु । चुनावपछि गुट बलियो होइन पार्टीलाई एकढिका बनाउन लागेको धन्यवाद” खतिवडाले भने । त्यस्तै, सभापति देउवालाई पनि जिम्मेवार भएर प्रस्तुत हुन खतिवडाले पटकपटक सुझाव दिँदै आएका छन् ।

यी भनाईले पनि पुष्टि गर्छ कि खतिवडा दुबै नेतालाई मिलाउन लागेका छन् । उनले गुटमाथि केन्द्रीय समितिमै प्रहार गरे । विहानदेखि साँझसम्म पार्टीलाई नै गाली गरेकै कारण काँग्रेस एकढिका र दरो हुन नसकेको बताउँदै आएका छन् । त्यो कुरा केन्द्रीय समितिमा बोलेका छन् ।
खतिवडाको अर्को भनाई, पार्टीलाई ८४ सम्म होइन सय वर्षसम्म बलियो बनाउने गरी सबै एकढिका भएर लाग्नुपर्नेमा जोडि दिँदै आएका छन् । यो पनि गुटमाथिको प्रहार नै हो ।

पार्टी महामन्त्री गगनकुमार थापाबाट गरेको अपेक्षा पूरा नभएको काँग्रेसजन बताउन थालेका छन् । थापा गुटलाई प्रसय दिइरहेको नेताहरुको आरोप छ । थापाले पछिल्ला दिनमा सरकार र पार्टी नेतृत्वविरुद्ध नै आक्रामक अभिव्यक्ति दिन थालेपछि युवापंक्तिले खतिवडालाई विकल्पको रुपमा अगाडि सारेको छ । “थापा महामन्त्री भएर हामीले पार्टीलाई एकढिका बनाउनुहुन्छ भन्ने अपेक्षा गरेका थियौँ तर त्यो हन सकेन । उहाँले आफ्नै सभापति र सरकारविरुद्ध आगो ओकल्न थाल्नुभयो, यसले काँग्रेसलाई फाइदा गर्दैन । अब खतिवडाजी हामीले गरेको अपेक्षा पूरा गर्ने लाइनमा हुनुहुन्छ । उहाँलाई हाम्रो साथ रहन्छ” एक केन्द्रीय सदस्यले भने ।

महामन्त्री थापाले सभापति देउवा र शेखरलाई विस्थापित गरेर आफू मुल नेतृत्व लिन चाइरहेका छन् भने खतिवडाले दुबै नेतालाई एकजुट बनाएर काँग्रेसलाई सयवर्ष बलियो बनाउन लागेका छन् । देउवा र कोइरालालाई गाली गरेरै कोही पहिलो नेता बन्न नसक्ने खतिवडाको निष्कर्ष छ । उनी दुबै नेतालाई एक बनाएर सय बर्ष टिक्ने काँग्रेस बनाएर नेतृत्व पुस्तान्त्रण गर्न चाहन्छन् । यही फरक हो थापा र खतिवडाबीच ।

थापाको महत्वकांक्षाले सीमा नाघ्दै जान थालेको समेत काँग्रेसमा चर्चा हुन थालेको छ । उनले आफू युवा नभएको तर नेतृत्वमा आउन रोक्न युवा भन्ने शब्द प्रयोग गरिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal