आज :

सीता दाहालको बालुवटारमा भव्य श्रद्धाञ्जलीसभा, उच्च पदस्थ अधिकारीदेखि कुटनीतिज्ञसम्मले दिए श्रद्धाञ्जली

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको भव्य समारोहबीच श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । प्रधानमन्त्री निवास बालुवटारमा सीताको निधन भएको सातौँ दिन पारेर श्रद्धाञ्जलीसभा समारोह आयोजना गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सीता दाहालको निकै शान्त मृत्यु रोजेको बताएका थिए । अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागेको बताउँदै प्रचण्डले बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए ।

सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।

श्रद्धाञ्जलीसभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।

श्रद्धाञ्जलीसभामा सीताको योगदान झल्किेन भिडियो सामाग्री समेत प्रदर्शन गरिएको थियो ।

सीता दाहालको ६९ वर्षको उमेरमा गत असार २७ गते निधन भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal