काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारी निकायलाई अवाञ्छित चलखेलबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा आइतबार सुरक्षा निकायमा पूर्वप्रमुखहरूसँग छलफलमा मन्त्री श्रेष्ठले सुरक्षासहितका सरकारी निकायलाई त्यस्ता गतिविधिबाट मुक्त राखेर उत्साही र सक्रिय बनाउनु पर्नेमा जोड दिए ।
“अवाञ्छित चलखेलले भूमिका खेलेको स्थितिबाट मुक्त राख्ने र सबैलाई कसरी उत्साही र सक्रिय बनाउने भन्नेमा लाग्नुपर्छ । विधि, पद्धतिको पालना गर्ने कसरी बनाउने, संस्थागत काम गर्ने कसरी बनाउने ? स्वच्छ ढंगले काम गर्ने कसरी बनाउने ? र उनीहरुलाई जनमुखी ओरेन्टेसन अभिमुखीकरणमा कसरी लैजाने ? भन्नेबारे सरकारले पनि आवश्यक तालिम दिनुपर्ने पर्छ” श्रेष्ठले भने ।
उनले कर्मचारीको काम गर भनेर मात्रै नहुने बताउँदै कार्यदक्षता प्रभावकारी नबनाइ परिणामको अपेक्षा गर्न नहुने बताए ।
नागरिकलाई छिटो सेवा दिनका लागि सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ।