आज :

यी हुन् काँग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा, खाँणबारे के भयो सहमति ?

  • अनलाइन डबली

काठमाडौँ। आजबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । एक वर्ष पछि बस्न लागेको बैठकमा समसाहुकिक राजनी‍तिक विषयसँगै एकवर्ष सम्म पदाधिकारी तथा कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

त्यसैगरी भातृ सङ्गठन सम्बन्धी गरेको निर्णय र विस्तार तथा कार्ययोजना, कार्यतालिका मुख्य एजेण्डा रहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने विषयमा नेताहरुबीच लामो समयदेखि विवाद कायमै छ ।

सभापति शेरबहादुर देउवाले अदालतको फैसलापछि मात्रै थप निर्णय गर्ने अडान लिएका थिए । अदालतले जेल पठाउने फैसलापछि महामन्त्री गगन कुमार थापाले निलम्बनको माग गर्दै आएका छन् । तर, सभापति देउवाले फेरि पनि पुनरावेदनको फैसला कुर्ने अडानमा छन् ।

मंगलबार बसेको पदाधिकारी बैठकले अहिले निलम्बन नगर्ने निर्णय गरेको एक नेताले बताए । देउवाकै प्रस्तावमा खाँणलाई यो बैठकले पनि ‍निलम्बन नगर्ने भएको छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको एजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

यसैगरी, महाधिवेशन सम्पन्न गरेको ६ महिनामा गर्ने भनिएको नीति अधिवेशनका बारेमा पनि बैठकमा छलफल हुनेछ । जसअनुसार नीति महाधिवेशनको मिति र स्थान तय गरिने जनाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal