आज :

प्रचण्डको प्रश्नः नैतिकता कसले देखाएको छ ? विगतलाई एक पटक पढ्नुहोला

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आफूले प्रतिपक्षले राजिनामा माग्ने बित्तिकै नदिने तर आफ्नो अन्तर मनले नैतिकताको प्रश्न उठाए एक मिनेट पनि कुर्सीमा नबस्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीले विगतमा आफूले दुई पटक प्रधानमन्त्रीबाट नैतिकताकै आधारमा राजिनामा दिएको भन्दै प्रश्न गरे, “विगतमा कसले नैतिकता देखाएको छ ? एक पटक पढ्नुहोला । तपाईँले मागेकै आधारमा राजिनामा दिन्न तर मेरो अन्तर मनले नैतिकताको प्रश्न उठाए एक मिनेटपनि प्रधानमन्त्रीको कुर्सीमा बस्दैन ।”

प्रधानमन्त्रीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई आफ्नो विगतलाई एक पटक हेर्न सुझाव दिँदै भने, “माननिय राजेन्द्रजी दुई पटक मात्रै यो सदनमा हुनुहुन्छ । मैले दुई पटक प्रधानमन्त्रीबाट राजिनामा किन दिएको हो ? एक पटक पढ्नुहोला । म तपाईँले माग्दैमा त राजिनामा दिँदैन तर मेरो अन्तर मनले भन्यो भने एक मिनेट पनि बस्दिन ।”

सरदार प्रितम सिंहको पुस्तक विमोचनमा आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिएका छन् । प्रधानमन्त्रीले प्रितम सिंह कुनै शक्ति केन्द्र नभएको र प्रधानमन्त्री बनाउने र हटाउने सामरथ्य राख्ने व्यक्ति पनि नभएको बताए । प्रधानमन्त्रीले भावनामा आएर उक्त अभिव्यक्ति दिएको भन्दै संसदमा उठेका कुरालाई आफूलाई सतर्क गराएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal