
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदरबार बोलाएका छन् ।
संसदमा भइरहेको विपक्षीको अवरोध लगाउका विषयमा छलफल गर्न प्रधानमन्त्रीले देउवा र ओलीलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।
यसअघि सत्ता गठबन्धन दलको बैठकले ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार अवरुद्ध संसद खुलाउनेलगायत विषयमा छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसदका दुबै सदन अवरुद्ध गर्दै आइरहेको छ ।