काठमाडौं । चीनले नयाँ विदेश नीति लागु गर्ने भएको छ । चीनले आफ्नो विदेश मामिलालाई सुदृढ बनाउन भन्दै नयाँ नीति ल्याएको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् । चीनले विदेश मामिला व्यवस्थापनको अन्तर्राष्ट्रिय विषय समेटेर राष्ट्रिय कानुन पनि संशोधन गरेको छ ।
चीनले पश्चिमाहरुले प्रत्यक्ष हस्ताक्षेप बढाउँदै लगेको भन्दै नयाँ नीति ल्याएको बताइएको छ । अब चीनले पश्चिमाहरुको प्रतिबन्ध वा हस्तक्षेपविरुद्धको सामना गर्न भन्दै संसदबाटै नयाँ विदेश नीति पारित गरेको छ ।
ग्लोबल टाइम्सका अनुसार चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरेको छ ।
चीनले नयाँ नीतिलाई मुख्य ६ भागमा विभाजन गरिएको विदेश नीतिमा नीतिमा विश्व व्यवस्थामा आएका नयाँ बहस र पहललाई पनि समावेश गरिएको छ । चीनले नयाँ नीतिमार्फत मुलुक र जनताको रक्षाको क्षमता विकास गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।
चीनले अन्तर्राष्ट्रिय कानुन मिचेर चीनको सार्वभौमसत्ता तथा सुरक्षामा चुनौती दिए जवाफी कारबाही गर्ने नयाँ नीतिमा उल्लेख गरेको छ । राष्ट्रिय स्वाधीनताको रक्षा, सामरिक तथा विकासका स्वार्थको रक्षाका लागि पनि कानुन नभएकाले चीनले यसको आवश्यकता महसुस गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
पश्चिमाहरुले बढाउँदै लगेको हस्तक्षेपलाई अन्तर्राष्ट्रिय कानुनले समाधान गरेका कारण चीनले नयाँ नीति ल्याएको हो ।