काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीको भएको बताएका छन् । त्यसको लागि प्रधानमन्त्री प्रचण्ड प्रयास गरिराखेको बताए ।
नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण गर्दै नेपालले राजनीतिक क्रान्ति सम्पन्न गरे पनि जनतालाई सुखी बनाउने महत्वपूर्ण काम बाँकी रहेको बताए । उनले सरकारको नेतृत्व गरेका प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले जनताको जीवनमा आमूल परिवर्तन गर्ने र जनताको जीवनलाई सुखी बनाउने सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिष्ट पार्टीले नै गर्नुपर्ने बताए ।


अनलाइन डबली





