
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शाहसिक कदम उठाएको सरकारले ललिता निवास जग्गा प्रकरणमा पनि त्यस्तै कदम उठाएको छ ।
प्रहरीले उक्त प्रकरणका जोडिएका ठूला माछा भनेर चिनिएका भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहसहित ७ जनालाई पक्राउ गरेको छ ।
त्यसैगरी घटनासँग जोडिएका पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पनि प्रहरीले पक्राउ गरेको थियो । गरेको थियो । तर, केही घन्टामै कागज गरेर छाडिएको छ ।
गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो ।
पक्राउ गरेका गुरुङ, शाहसहित सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र गोपाल कार्की भने प्रहरी हिरासतमा छन् । प्रहरीले उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने जनाएको छ ।