
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बजेटको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बुधबार प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन भन्दै बजेटको पक्षमा उभिन निर्देशन दिएका हुन् ।
“असार १३ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (वार्षिक बजेट) को पक्षमा मतदान गर्न हाम्रो दलको विधानको व्यवस्था र दल नेता एवम् सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार यो निर्देशन (ह्वीप) जारी गरिएको व्यहोरा अनुरोध छ” पाण्डेले भनेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते प्रस्तुत गरेको बजेट बुधबार सदनबाट पारित हुँदैछ । बजेटको विषयलाई लिएर सत्ता गठबन्धनमा केही असन्तुष्टि भएपनि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे शिर्ष नेताहरुबीच सकारात्मक छलफल भएको बताइएको छ ।
यसअघि नेपाली कांग्रेसले पनि सांसहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ ।