
काठमाडौँ । विवादित चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन काठमाडौँ महानगरपालिकाभित्र नरोक्न अदालतले अल्पकालिन अन्तरिक आदेश दिएको छ । काठमाडौँका मेयर बालेन साहले उक्त चलचित्रबाट सिताबारे विवादित सन्देश नहटाएसम्म काठमाडौँमा प्रदर्शनमा रोक लगाएका थिए ।
बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । चलचित्र संघले बुधबार बालेन शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो ।
मेयर साहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।
यसैबीच साहाले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने बताएका छन् । अदालतको आदेशपछि छोटो प्रतिक्रिया दिँदै साहले भने, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन ।’