
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भन्दै चेतावनी दिएका छन् । किरातीले आफूले धेरै कुरा नजान्ने तर जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्रै जानेको बताएका छन् ।
सत्तारुढ नेकपा एसका नेता तथा पूर्वपर्यटनमन्त्री आलेले मन्त्री किरातीको सार्वजनिक रुपमै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएका थिए ।
किरातीले फेसबुकमा लेखेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’