
काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
पाँच वर्षे सचिवको कार्यकाल सकिँनै लाग्दा अर्याय मुख्य सचिव नियुक्त भएका हुन् । उनको कार्यकाल असार तीन गते सकिंदै थियो ।
सरकारले निवर्तमान मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।
सरकारले मुख्यसचिव शंकरदास वैरागीको राजीनामा दिएका थिए । आजैको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव वैरागीले दिएको राजीनामा स्वीकृत थियो ।