आज :

आज सुदूरपश्चिमा आम हड्ताल, जनजीवन ठप्प

  • अनलाइन डबली

धनगढी । आज सुदूरपश्चिमा आम हड्ताल गरिएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै हड्ताल गरिएको हो ।

सरकारले २९ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयलाई उल्ट्याउँदै आगामी वर्षको बजेटमा विश्वविद्यालय बनाउने घोषणा गरेको थियो ।

उक्त निर्णयको विरोधमा सुदूरपश्चिमबासी आन्दोलनमा उत्रिएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले जेठ १५ गते संसदमा पेश गरेको बजेटमा विश्वविद्यालयको ठाउँमा प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय शैय्याको अस्पताल सञ्चालन गर्ने घोषणा गरिएका थिए ।

उक्त घोषणाविरुद्ध विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समिति गठन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरिएको थियो । समितिले काठमाडौंमा पनि विरोधका कार्यक्रम गरेको थियो ।

हड्तालका कारण विहानैबाट सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको जनजीवन प्रभावित भएको छ । राति छुटेका लामो सवारी साधानबाहेक अरु ‍बन्द गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी शैक्षिक संस्था, बजार व्यवसाय, यातायात पूर्णरुपमा बन्द छन् ।

सरकारले विश्वविद्यालय निर्माण गर्ने निर्णय नगरेसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal