
काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का स्थायी समिती सदस्य आलोक रायमाझीले देशको मुख्य दुष्मन भ्रष्टाचार भएको धारणा राखेका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले खुलेआम भ्रष्टाचारको कारण राजतन्त्रको भुतले तर्साउने मौका पाएको बताएक हुन् ।
युवा नेता रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरण एउटा प्रतिनिधी घटना मात्रै रहेको जिकिर गर्दै भने,“यस्ता एक अरबमाथिको भ्रष्टाचारका काण्ड तीन दर्जन बढी छन्, अब भ्रष्टाचाररुपी धमीरालाई आगो लगाएर सफाई गर्नुको विकल्प छैन ।”
करिब ५७–५८ वर्ष लगाएर ल्याएको व्यवस्थालाई फेरी पनि उल्ट्याएर प्रतिगमन निम्त्यान ठूलो षड्यन्त्र भइरहेको र त्यसप्रति सतर्क हुनेबेला आएको धारणा व्यक्त गरे । ज्ञानेन्द्र शाही जस्ता मान्छेहरु आज परिवर्तनका महानायकहरु विरुद्ध बोल्ने अँट गरिरहेको बताउँदै, त्यसको मुल कारण गणतन्त्रवादीहरुको अकर्मन्यता रहेको बताए ।