आज :

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता 

  • अनलाइन डबली

काठमाडौँ । नक्लकी भुटानी शरणार्थी प्रकरणका आरोपीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

अभियोजनको लागि गठन गरिएको समितिले प्रहरीले बुझाएको रायसहितको प्रतिवदेन अध्ययन गरी अभियोजन पत्र तयार गरिसकेको बताइएको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समिति गठन गरिएको थियो ।

सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेका अनुसार प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्नेछ ।

प्रहरीले सोमबार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

पक्राउ परेका १६ जना र अरु थप १७ प्रतिवादी बनाएर मुद्दा चलाउने राय प्रहरीले दिएको छ । प्रहरीले ठगीसँगै राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय दिएको छ । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।

राज्यका उपल्लो तहका अधिकारीहरुको संलग्नतामा एक सय १३ जना पीडितबाट रु २७ करोड ५० लाख बढी ठगी गरेको आराेप लागेको छ । पीडितले दिएको उजुरीका आधारमा प्रहरीले छानविन अगाडि बढाएको हो ।

प्रहरीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलाई पक्राउ गरिसकेको छ भने बादलका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal