आज :

सर्वोच्चको फैसलाविरुद्ध नेपाल बन्दसहितका कार्यक्रम घोषणा

  • अनलाइन डबली

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दसहितका आन्दोलनका कार्यँक्रम घोषणा गरेको छ । सर्वोच्च अदालतले पार्टीका नेता रेशम चौधरीलाई जन्मकैद दिने जिल्ला र पुनरावेदन अदालनतको फैसला सदर गरेको यियो ।

त्यसप्रति आपत्ति जनाउँदै नागरिक उन्मुक्तिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा नेताहरुले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेको छ । टिकापुर घटनाको छानविन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोग गठन गरेको थियो ।

आन्दोलनका कार्यक्रम अनुसार जेठ ३ ४ र ५ गते देशब्यापी राँके जुलुस प्रदर्शनी कोणसभा र ६ गतेदेखि १० गतेसम्म नेपालबन्द घोषणा गरिएको वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए ।

२०७२ सालमा संविधान जारी गर्दा त्यसको विरोधमा मधेश तथा थारुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले लालको नेतृत्वमा गठन गरेको थियो । तर उक्त आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal