आज :

पार्टी प्रवेश र ‘मिसन योग’ अभियान चलाउने एमाले केन्द्रीय कमिटीको निर्णय

  • अनलाइन डबली

काठमाडौँ । नेकपा एमालेले ‍राजनीतिक ध्रुविकरणलाई मध्यनजर गर्दै देशैभरी पार्टी प्रवेश अभियान संचालन गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न पाँचौँ केन्द्रीय कमिटी बैठक राजनीतिक ध्रुविकरण प्रभावकारी बनाउन पार्टी प्रवेशलाई अभियानात्मक रुपमा संचालन गर्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जारी गरेको विज्ञप्तिमा बैठकले अन्य विभिन्न १४ वटा निर्णय गरेको उल्लेख छ । त्यस्तै, एमालेले युवाहरूको बीचमा पार्टी विस्तार गर्न ‘मिसन योग’ र ‘देशैभरि छोराछोरी’ जस्ता कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

यसका साथै मध्य पहाडी र हुलाकी राजमार्ग अभियान पनि एमालेले चलाउने भएको छ । यी सबै कामका लागि एमालेले सबै केन्द्रीय सदस्यहरूको नयाँ कार्य विभाजन गर्ने निर्णय गरेको छ ।

मिसन ग्रासरुट अभियानको समीक्षा गर्दै त्यसका आधारमा स्थायी कमिटी बैठकले तयार गरेको वार्षिक कार्ययोजनालाई केन्द्रीय कमिटी बैठकले पारित गरेको छ । जसमा पार्टी सदस्यता शुद्धीकरण र विस्तार कार्यक्रम प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरणको काम असार मसान्तभित्र पुरा गर्ने, पार्टी कमिटीहरू भद्दा भएकाले प्रदेशदेखि वडासम्म अधिवेशन पुन गर्ने एमालेको निर्णय छ ।

यसअघि एमालेले तल्ला तहका अधिवेशन एक वर्षअघि मात्रै सम्पन्न गरेको थियो । अब तल्ला तहको अधिवेशनहरू गर्दा पहिला प्रदेश त्यसपछि जिल्ला, पालिका हुँदै वडा र टोलको अधिवेशन गर्ने निर्णय गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उच्च माध्यमिक र आधारभूत तहको प्रशिक्षणका लागि केन्द्रीय पार्टी स्कुल विभागले पाठ्यक्रम, पाठ्य सामग्री र प्रशिक्षक तयार गर्ने एमालेले जनाएको छ ।

त्यस्तै जनसंगठनहरुलाई समेत सक्रिय पार्न जनसंगठन सुदृढीकरण तथा विस्तार अभियान चलाउने निर्णय गरेको छ । जनसंगठनलाई पार्टी कार्यकर्ता निर्माण गर्ने ‘इन्कुभेसन सेन्टर’ का रूपमा रूपान्तरित गरिने एमालेले जनाएको छ ।

एमालेले जनप्रतिनिधि र स्थानीय तहको काम प्रभावकारी बनाउन ‘मिसन डेलिभरी’ का रूपमा स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रभावकारी रूपमा क्रियाशील बनाउने भएको छ ।

डेलिभरीमार्फत सुशासनसँगै डेभलपमेन्टको अवधारणामा सेवा प्रवाहको कार्यक्रम सञ्चालन गर्ने एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

‘केन्द्रीय सदस्यहरूको नयाँ कार्यविभाजन गरिनेछ । मिसन ग्रासरुटले दिएको शिक्षाका आधारमा प्रत्येक केन्द्रीय सदस्यले एक वर्ष आफ्नो भूगोलबाहिरको कार्यक्षेत्रमा खट्ने गरी नयाँ कार्यविभाजन हुनेछ’ एमाले केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा भनिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal