आज :

एमाले केन्द्रीय कमिटी बैठकः राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल, स्थायी कमिटी सर्याे

  • अनलाइन डबली

काठमाडौं । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठकमा आजबाट राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदै छ । काठमाडौँमा विहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

आजै बाँकी प्रदेश कमिटीले पार्टी अभियान सम्बन्धी प्रतिवेदन पेश गरेलगत्तै समूहगत छलफलमा जुट्ने बताइएको छ । हिजो चार निकाय र दुई गैरभौगोलिकसहित नौ प्रदेश कमिटीले मिसन ग्रासरुट अभियान सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

महासचिव शंकर पोखरेका अनुसार प्रतिवेदनहरुमाथि बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल गर्ने कार्यतालिका बनाइएको छ ।

समूहगत छलफल मिसन ग्रासरुट अभियानको निष्कर्षको आधारमा आगामी दिनमा कसरी कार्ययोजना बनाएर अघि बढ्ने भन्ने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।

समूहगत छलफलपछि प्रदेश अध्यक्षहरुले सुझावहरु प्रस्तुत गर्ने छन् । त्यसका लागि हरेक अध्यक्षहरुलाई १० मिनेटको समय उपलब्ध गराइएको छ ।

त्यसपछि आजै स्थायी कमिटीको बैठक बस्ने छ । प्रदेश अध्यक्षहरुबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्नेछ ।

भोलि बैठक सक्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal