
काठडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेपछि सरकारको चौतर्फी प्रसंशा भइरहेको छ । आफ्नो पार्टी नेता पक्राउ गरेपछि कांग्रेसका युवा नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिए ।
बुधबार उनीहरु सिंहदरबार पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान विना दबाब अघि बढाउन आग्रह गरेका छन् । युवा नेताहरूले गृहमन्त्री श्रेष्ठलाई कसैको प्रभाव र दबाबमा नपरी अनुसन्धान प्रक्रिया अगाडि बढाएर दोषीमाथि कारबाही गर्न सुझाव दिएका छन् ।
केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्रीलाई भेटेर आफूहरुको साथ रहने समेत प्रतिवद्धता जाहेर गरे ।
भेटको क्रममा केन्द्रीय सदस्यद्वय मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण लगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउनुपर्ने आग्रह गरेका हुन्।
कसैको दबाबमा नपरी शरणार्थी प्रकरणमा दोषीमाथि कारबाही गर्न आग्रह गरेका नेता रञ्जित कर्णले बताए । कर्णका अनुसार गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसन खोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने बताएका थिए । यसका लागि सरकार दृढतापूर्वक अघि बढ्ने गृहमन्त्रीले विश्वास दिलाएको उनले बताए ।
भेटमा गृहमन्त्री श्रेष्ठले कसैको दवावमा नपर्ने बताउँदै दोषीलाई नछोड्ने र निर्दोष नफस्ने बताए ।