आज :

प्रधानमन्त्रीले फेरि विश्वासको मत नलिने, गठबन्धनसँग १५८ सांसद

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत नलिने निष्कर्ष निकालिएको छ । शनिबार अबेर बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले विश्वासको मत लिनुनपर्ने निष्कर्ष निकालेपछि प्रधानमन्त्रीले विश्वासको मत नलिने भएका हुन् ।

यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिने बेला रवि लामिछानेको पार्टी सरकारमा सहभागी नभएको र सरकारसँग स्पष्ट बहुमत भएकोले समर्थन फिर्ता लिएपनि विश्वासको मत  लिने नपर्ने नेताहरुले जोड दिएका थिए । त्यसअघि नेताहरुले कानुनविद्सँग पनि छलफल गरेका थिए ।

संविधानविद् ‍तथा कानुन व्यवसायीहरुले प्रधानमन्त्रीले यसअघि विश्वासको मत लिँदा रविको पार्टी सरकारमा सहभागी नभएकोले पुनः विश्वासको मत लिनु नपर्ने बताउँदै आएका छन् ।

शनिबारको बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हिताराज पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नलिने निष्कर्षमा पुगेको बताए । गठबन्धनसँग स्पष्ट बहुमत भएकोले विश्वासको मत लिन डराउन नपर्ने नेताहरुले बैठकमा बताएको बताइएको छ ।

‍गठबन्धनसँग अहिले पनि १५८ सांसद रहेका छन् ।

त्यसैगरी बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बारेमा पनि छलफल भएको  बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal