काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नक्कली शरणार्थी प्रकरणमा जोडिएका छन् । भ्रष्ट आचरणबारे अनुसन्धान गर्ने संवैधानिक आयोगको प्रमुख नै यस्तो प्रकरणमा मुछिनुलाई गम्भीर रुपमा लिइएको छ ।
उक्त प्रकरणको बेला गृहसचिव रहेका राई थिए । प्रहरी स्रोतका अनुसार पीडित र पक्राउ परेकाहरुले बयनको क्रममा राई पनि मुछिएका छन् । पीडितहरुसँग राईले ओली सरकार ढलेका कारण अमेरिका उडान नसकिएको बताएका थिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राईले सविचस्तरीय निर्णय गरेर तत्कालिन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा छुटेका भुटानी शरणार्थी सम्बन्धी जाँचबुझ कार्यदल बनाए । कार्यदलको प्रतिवेदनलाई गोप्य राख्दै नक्कली प्रतिवेदन बनाइयो ।
राईकै अगुवाईमा नक्कली प्रतिवेदनमा १४०० जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका तस्करी गर्ने योजना बनाइएको आरोप पीडितले बताएका छन् । त्यतिबेला गृहकै सचिव टेक नारायण पाण्डेलाई प्रहरीलाई पक्राउ गरिसकेको छ भने अर्का सचिव महेश्वर न्यौपाने पनि प्रकरणमा जोडिएका छन् ।
राई गृहबाट अबकास बनाएपछि प्रधानमन्त्री ओलीकै जोडबलमा अख्तियारको नेतृत्वमा पुगेका हुन् । प्रहरी स्रोतका अनुसार राई पनि अनुसन्धानको घेराभित्र छन् ।
अनुसन्धान हुँदा जाँदा पक्राउ गर्नुपर्ने अवस्थामा आएमा त्यसको लागि प्रहरी तयार रहेको बताइएको छ ।
एको छ ।