आज :

नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि एमाले अध्यक्ष ओली सिंहदरबारमा

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन् । पार्टी सचिव टोपबहादुर रायमाझी पक्राउ परेको खबरपछि ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीसँग ओलीले समसामयीक विषयमा भेटवार्ता भएको एमालेले जनाएको छ ।

टोपबहादुरका छोरा सन्दीपलाई तीन दिनसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । प्रहरीले सन्दीपलाई अदालतमा पेश गरेको थियो ।

सामाजिक संजालमा उक्त प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेको ओलीको कनेक्सन हुन सक्ने भन्दै कारवाहीको लागि माग भइरहेको बेला प्रचण्डलाई भेटेका छन् ।

तत्कालिन प्रधानमन्त्री ओलीले नै शणार्थीबारे कार्यदल गठनको प्रस्ताव गरेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal