आज :

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच भेटवार्ता, सरकारमा सहभागीताबारे निर्णय गर्न बैठक बस्दै

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागितालगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीले रवि लामिछानेलाई चितवन २ बाट निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन सहयोग गर्न आग्रह गरेको बताइएको छ । प्रधानमन्त्रीको आग्रहमा रवि लामिछाने सकारात्मक रहेको जनाइएको छ ।

सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न रविले सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन्। भोलि नै बस्ने संसदीय दलको बैठकले लामिछानेलाई नेता चुन्ने बताइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal