आज :

गान्धीवादी पार्टीको अध्यक्ष बने डा.लाल बहादुर राना

  • अनलाइन डबली

काठमाडौमा हालै सम्पन्न भएको गान्धीवादी पार्टी नेपालको दोस्रो महाधिवेशनले दोस्रो कार्यकालका लागि पुनः डा.लाल बहादुर रानालाई निर्विरोध पार्टिको अध्यक्षमा चयन गरेको पार्टी स्रोतले बताएको छ ।

पार्टिको संस्थापक केन्द्रिय सदस्य श्री तुल बहादुर रानाको संयोजकमा भएको कार्यक्रममा यसपटक उपेन्द्र पुलामी,उपाध्यक्षमा शिव औतारी लामा,कोषाध्यमा भिम कुमार लिम्बू निर्वाचित भएका छन् । पार्टिको अन्य केन्द्रिय सदस्यहरुमा ७७ जना रहेका छन् ।

माहात्मा गान्धिको सिद्दान्तमा चल्ने वाद लिएर बढेको यश पार्टिको दोस्रो महाधिवेशनका लागि विभिन्न भारतीय राजनीतिक पार्टिका तर्फबट शुभकामना समेत प्रदान गरिएको थियो । साथै पार्टिका अध्यक्ष डा. रानालाई भारतको दिल्लिमा विशेष सम्मान पनि गरिएको पार्टीले बताएको छ । शुभकामना प्रदान गर्नेहरुमा भारतीय जनता पार्टी मुख्यालय,आम आदमी पार्टी मुख्यालय दिल्ली,भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव दुष्यन्त कुमार गौतम, भारतीय राष्ट्रिय काङ्ग्रेसको केन्द्रीय सदस्य लगायत रहेका छन् । यसैगरी,डा.रानालाई भारत सरकारको गृहमन्त्रालयमा समेत स्वागत गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal