आज :

क्रान्तिकारी माओवादी-बहुमतबीच एकताः पार्टी अध्यक्ष वैद्य, प्रवक्ता बास्ताेला 

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच पार्टी एकता टुंगो लागेको छ । काठमाडौंमा सम्पन्न एकता अधिवेशनले नयाँ पार्टीको नाम र नेतृत्वको समेत टुंगो लगाएको छ ।

एकतापछि बन्ने नयाँ पार्टीको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य र प्रवक्ता धर्मेन्द्र बास्ताेला बन्ने पनि अधिवेशनले टुंगो लगाएको छ ।

त्यसैगरी १५ सदस्यीय कार्यलय सदस्य र ८७ सदस्यीय सचिवालय पनि गठन गरिएको छ । त्यस्तै, २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।

एकताका लागि अन्तरिम विधान पास गरिएको छ भने पार्टीको दस्तावेज पनि पारित भएको छ। एक वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय पनि भएको छ ।

पार्टी एकताको घोषणा वैशाख १८ गते मजदुर दिवसका दिन गरिने बास्तोलाको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal