आज :

आमरण अनसन बसेका किसान श्रीरामका माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन 

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेका माग पूरा गर्न निर्देशन दिनुभएको छ । अनसन बसेको पाँचौं दिन प्रधानमन्त्रीले घिमिरेले उठाएका जायज माग पूरा गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले श्रीराम अनसन बसेको जानकारी पाएपछि मुख्यसचिव शंकरदास बैरागीमार्फत् माग सम्बोधन गर्न कृषि तथा पशुपक्षी मन्त्रालयलाई निर्देशन दिएको प्रधानमन्त्रको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले शुक्रवार साँझ मुख्य सचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनसनकारीको स्वास्थ्य अवस्था एवम् माग सम्बोधनमा भइरहेको प्रगतिबारे समेत जानकारी लिनुभएको थियो ।

सो क्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले मन्त्रालयले अनसन बसेको जानकारी आएको आधा घण्टामै अनसन स्थलमा पुगेर रेस्पोन्स गरेको, मन्त्रालयबाटै डा नवीन घिमिरे, डा माधवप्रसाद अर्याल र शिवसुन्दर घिमिरेसहित वार्ता टोली बनाई निरन्तर वार्ता र छलफल गरिरहेको तथा मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसान सामु पठाइए पनि हालसम्म सहमतिमा नआएको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal