आज :

उपचुनावमा हार ब्यहाेरेपछि ओलीले बोलाए केन्द्रीय समिति बैठक

  • अनलाइन डबली

काठमाडौँ । उपचुनावको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । चितवन-२ र तनहुँ १ मा रविको पार्टीले जित हात पारेको छ भने बारा-२ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले ।

तीनवटै निर्वाचन क्षेत्र जित्ने दाबी गरेको नेकपा एमाले दोस्रो पनि हुन सकेन । एमालेले मंसिर ४ मा सम्पन्न चुनावको मत पनि जोगाउन सकेन । चितवन र तनहुँमा एमालेको बढी मत रास्वपाकाेमा गएको छ ।

एमालेकै भोटले तनहुँमा स्वर्णिम वाग्लेले जित हात पारेका छन् ।

यसैबीच उपचुनावसहित पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीले चलाएको अभियानको समिक्षा गर्न नेकपा एमाले केन्द्रीय कमिटी बैठक बोलाएकाे छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठक आफ्नै जिल्लामा बोलाएका छन् ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक वैशाख २८ देखि ३० गतेसम्म बोलाइएको छ । गत मंसिरको चुनावपछि पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थिएन ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal