काठमाडौं । बारा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गएराति सकिएको मत गणना अनुसार यादवले २८ हजार बढी भोट ल्याएर विजयी भएका छन् ।
यादवले आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाको भन्दा पाँच हजार बढी भोट ल्याएर विजयी भएका हुन् । यादवले २८ हजार चार १५ मत प्राप्त गर्दा जनमतका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत प्राप्त गरेका छन् ।
चितवन र तनहुँमा सानदार विजय प्राप्त गरेको रास्वपाले बारामा भने लज्जाजनक हार खाएको छ । रमेश खरेलले ३ हजार भोट पु्र्याउन सकेनन् । उनले २ हजार ८२९ मत पाएर चौथोमा झरेका छन् ।
पाँचौँ स्थानमा रहेका आम जनता पार्टीका अरुण ज्ञवालीले दुई हजार सात सय ३८ मत प्राप्त गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले राति नै यादवलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।


अनलाइन डबली





