आज :

आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०६३ वैशाख ११ गते संसद पुनर्स्थापना गरेको दिनको खुसियालीमा लोकतन्त्र मनाउन थालिएको हो ।

ज्ञानेन्द्र शाहले २०६१ साल माघ १९ गते शासन सत्ता हातमा लिएका थिए । त्यसको विरोधमा सडक संघर्षमा रहेका सात राजनीतिक दल र जनयुद्धमा गरिरहेको तत्कालिन नेकपा माओवादीबीच २०६२ मंसिरमा १२ बुँदे सहमति भएको थियो ।

१२ बुँदे सहमतिपछि जनआन्दोलन सुरु भएको थियो । जनआन्दोलनमा माओवादी र सात दलको सहभागिता रहेको थियो । आन्दोलन देशभर पुगेपछि ज्ञानेन्द्र शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरेका थिए ।

त्यही सम्झनामा हरेक वर्ष लोकतन्त्र दिवस मनाउँन थालिएको छ । यो वर्ष पनि देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

वि.सं २०६४ चैत २८ जपहिलो संविधानसभा चुनाव भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरेको थियो । गणतन्त्र स्थापनाको दिन पनि दिवस मनाइन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal