आज :

उपनिर्वाचनः आज रातिबाट मौन अवधि सुरु, केके गर्न पाइदैन ?

  • अनलाइन डबली

काठमाडौं । यही बैशाख १० गते हुन लागेको उपचुनावको मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार उपचुनाव हुने चितवन-२, बारा–२ र तनहुँ–१ मा आज राति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेको हो ।

मध्य रातिबाट मौन अवधि सुरु हुने भएपछि राजनीतिक दल र उम्मदेवारले प्रचारप्रसारलाई तीब्र पारेका छन् । आज धेरै ठाउँमा चुनावी प्रचार तथा सभाको आयोजना गरिएको छ ।

निर्वाचन आचारसंहित अनुसार मौन अवधि सुरु हुनु अगाडि नै मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आफ्ना चुनाव चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने छ । यो अवधिमा चुनावको प्रचारप्रसारलाई पूर्णरुपमा रोक लगाइएको छ । उम्मेदवारको पक्षमा  एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत् मत माग्न र प्रचारप्रसार र अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न पाइने छैन ।

निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरेमा १ लाख रुपैयाँ जरिबानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal