आज :

कर्णाली प्रदेशमा नेपाली काँग्रेसबाट सिफारिस तीन मन्त्रीको शपथ आज 

  • अनलाइन डबली

सुर्खेत । कर्णाली प्रदेशमा आजबाट नेपाली काँग्रेस औपचारिक रुपमा सरकारमा सहभागी हुने भएको छ । सरकारलाई विश्वासको मत दिँदै आएको काँग्रेस सरकारमा सहभागी भएको थिएन ।

नेकपा एमाले बाहिरिएपछि काँग्रेस सरकार सहभागी हुने भएको हो । एमालेले समालेका तीन मन्त्रालय काँग्रेसले पाउने भएको छ । काँग्रेसले आर्थिक मामिला, सामाजिक विकास र उद्योग, पर्यटन मन्त्रालयमा नाम पनि सिफारिस गरेको छ ।

काँग्रेसको प्रदेश कार्यसम्पादन समितिको बैठकले कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

काँग्रेसले सिफारिस गरेका मन्त्रीहरुको आज शपथ राखिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका अनुसार शपथ गराउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal