
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षतर्फको प्राम्भिक मत नतिजा अनुसार अन्जान श्रेष्ठले अग्रता लिएका छन् । विहीबार विहानबाट वरिष्ठ उपाध्यक्ष तर्फको मतगणना सुरु भएको हो ।
बुधबार साँझ ६ बजे सम्पन्न भएको मतदानको तीन उपाध्यक्ष र सबै केन्द्रीय सदस्यतर्फको नतिजा आइसकेको छ ।
सबैतर्फको नतिजा आयपछि वरिष्ठ उपाध्यक्षको गणना सुरु गरिएको थियो ।
यो समाचार तयार पार्दासम्म १५० मत गणना भएको छ । जसमा अन्जान श्रेष्ठले ६५ मत ल्याएर अग्रता कायमै राखेका छन् । भने उमेशलाल श्रेष्ठ ४५ मत ल्याउँदा रामचन्द्र संघईले ४० मत ल्याएका छन् ।