आज :

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्दै, उमेशलाल, अन्जन र रामचन्द्र कसले मार्ला बाजी

  • अनलाइन डबली

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नयाँ नेतृत्व चयन गर्दैछ । वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्वको लागि मतदा सुरु भएको छ । निर्धारित समयभन्दा दुई घण्टा सुरु भएको मतदान अहिले चलिरहेको छ ।

महासंघको साधारणसभा मंगलबारबाट काठमाडौँमा सुरु भएको थियो । आज दोस्रो दिन नयाँ नेतृत्वको लागि मतदान हुन लागेको हो । वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुने भएपछि नयाँ वरिष्ठ उपाध्यक्षको लागि तीन जना चु्नावी मैदानमा छन् । वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ ।

साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।

यसैगरी, वस्तुगत सङ्घबाट १४ जना, उद्योग वाणिज्य सङ्घबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।

महासंघ निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता छ । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् ।

निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal