आज :

दुई करोड प्रकरणः यस्तो थियो रवि र ढाकाकुमारको दोस्ती

  • अनलाइन डबली

काठमाडौं । रवि लामिछानेको पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न दुई करोड मागेको अडियो सार्वजनिक भएसँगै ठूलै चर्चा परिचर्चा भइरहेको छ । श्रेष्ठले स्वास्थ्य मन्त्री बन्न आफूसँग पार्टीका नेताहरुले दुई करोड रुपैयाँ मागेको भन्दै मेडिकल ‘माफिया’ दुर्गा प्रसाईसँग पैसा मागेका छन् ।

प्रसाईले सार्वजनिक गरेको अडियो टेपमा श्रेष्ठले मन्त्री बन्न कोर टीमले दुई करोड मागेको र उदारोले नहुने भनेको र आफूसँग पैसा नभएको बताएका छन् । उनले आफू मन्त्री भएपछि प्रसाईसँग मिलेर काम गर्ने समेत बताएका छन् ।

उपचुनावको मुखमा यो अडियो टेप सार्वजनिक भएसँगै सभापति रवि लामिछानेमाथि नै प्रश्न उठेको छ । उनले कोर टिम भनेको एक रवि नै भएको दाबी गरिएको छ ।

सांसद श्रेष्ठ र लामिछानेको राम्रो दोस्ती भएको र उनकै दवावमा सांसद बनाइएको समेत बताइएको छ । स्थानीय चुनावमा पोखरा उपमहानगरको मेयरमा चुनाव लड्ने तयारी गरेपनि अन्तिममा श्रेष्ठ पछि हटेका थिए ।

रविले पार्टी घोषणाकै दिन कार्यक्रममा सहभागी भएका श्रेष्ठलाई गण्डकी प्रदेशको जिम्मेवारी दिइएको थियो । श्रेष्ठलाई सामानुपातिक अन्तरगत जनजातिको एक नम्बरमा राखिएको थियो ।

सरकारमा सहभागिता हुने बेला स्वास्थ्य मन्त्रालय पाए डा. तोसिमा कार्की र डा. चन्दा कार्कीबीच तीब्र प्रतिस्पर्धा हुँदा रविले श्रेष्ठलाई अघि सारेको एक नेताले बताए । दुइटै महिलालाई पछि पारेर श्रेष्ठलाई मन्त्री बनाउन चाहन्थे रवि तर गठबन्धनमा स्वास्थ्य मन्त्रालयले नेकपा एमालेको भागमा परेको थियो ।

त्यसपछि रविले राज्यमन्त्री तोसिमालाई पठाएका थिए । एक नेताका अनुसार श्रेष्ठलाई मन्त्री बनाउने रविले वचन दिएका थिए । अडियो टेपबारे अनुशासन समितिलाई छानविनको जिम्माे दिँदै श्रेष्ठलाई निलम्ब गरिएको छ ।

सुशासन र भ्रष्टाचारको विरोध गर्ने रविका पार्टीका नेताहरुको पाटो श्रेष्ठको टेपले सार्वजनिक गरेको विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal