आज :

प्रचण्ड – लेखराजबीच भेटवार्ताः माओवादीमै फर्किन प्रचण्डको आग्रह, के जवाफ दिए भट्टले ?

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन कैलाली पुगेका प्रचण्ड विमानस्थलबाट भट्टको निवासमा गएका थिए ।

प्रचण्ड भट्टसँग एकल छलफलपछि कञ्चनपुरतर्फ प्रस्थान गरेका छन् । छलफलमा प्रधानमन्त्री प्रचण्डले भट्टलाई माओवादीमै फर्किन आग्रह गरेको स्रोतको दाबी छ । जवाफमा भट्टले अहिले नै त्यो सम्भावना नरहेपनि नयाँ शिराबाट सोँच्ने भए छलफलको लागि आफू तयार रहेको बताएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले संचारकर्मीसँग राजनीतिलगायत समसामयीक विषयमा छलफल भएको बताएका थिए भने भट्टले आफू माओवादीमा फर्किने विषयमा छलफल नभएको दाबी गरे ।

प्रचण्डले सचारकर्मीसँग भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए बताउँदै भने, “यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थें । त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।” भट्टले प्रचण्डको घर भएको बताउँदै आफूले स्वागत गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal