आज :

क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बीच पार्टी एकता, मालेवावाद मार्ग निर्देशक सिद्धान्त

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टी एकता गर्ने घोषणा गरेका छन् । शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरेर दुईबीच एकता गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा पार्टी एकताको आधारहरू मार्क्सवाद–लेनिनवाद–माओवादको मार्ग निर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभूत कार्यक्रम रहेको जानकारी दिइएको थियो ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले क्रान्तिमा बल प्रयोगको अनिवार्य भूमिका, जनवादी केन्द्रीयताको सङ्गठन सञ्चालन पद्धति, वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थाको अन्त्य लगायत पार्टी एकताका आधारहरू रहेको जानकारी दिए ।

“‘आजको दिन धेरै खुसीको दिन हो । हामीले धेरै लामो समयदेखि प्रयत्न गर्दै आएका थियौँ । आज हामी सफल भएका छौँ । यद्यपि यो समग्र पार्टी एकता भने होइन । तर यो पार्टी एकताको निम्ति एउटा महान् ऐतिहासिक अभियान हो” वैद्यले पत्रकार सम्मेलना भने ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरू एकताबद्ध हन लागेको बताए । उनले विचार, सिद्धान्त र कार्यक्रम नै एकताको आधार भएको बताए ।

बास्तोलाले दुबै पार्टीको एकताले क्रान्तिकारी शक्तिहरुलाई एकतावद्ध गर्ने विश्वास व्यक्त गदै भने,“संसदीय व्यवस्थाका कारणले अहिले देश आक्रान्त बनेको छ। नेपाली जनता प्रताडित छन् । देशले वैकल्पिक राजनीतिक प्रणालीको माग गरेको छ। राजनीतिक व्यवस्थाको माग गरेको छ । त्यो व्यवस्था भनेको निश्चित रुपमा नयाँ जनवाद, वैज्ञानिक समाजवादबाहेक अर्को हुन सक्दैन ।”

पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिस्ट र वामपन्थीहरू सङ्गठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal