आज :

क्रान्तिकारी माओवादी र बहुमतबीच एकताः शुक्रबार पत्रकार सम्मेलन, बैशाख १८ गते घोषणा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीचको एकता घोषणा हुँदैछ । दुबै पार्टीको एकताको लागि बनेको कार्यदलले गृहकार्यले विचार र कार्यक्रममा सहमति जुटाएपछि एकताको घोषणा हुन लागेको हो ।

शुक्रबार पत्रकार सम्मेनलको आयोजना गरेर पार्टी एकताबारे जानकारी दिइने भएको छ ।

एकताको अन्तिम घोषणा आगामी बैशाख १८ गते मजदूर दिवसको दिन गर्ने नेताहरुले बताएका छन् । भोलिबाट कार्यदलले औपचारिक रुपमा संगठनलगायतका विषयलाई टुंगोमा पुर्याउन छलफल थाल्नेछ ।

पार्टीको नाममा माओवादी शब्द नहटाउने र अध्यक्षमण्डलको अध्यक्ष किरण हुने नेताहरुले बताएका छन् ।

यसअघि गत साउन २० गते  क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’ सहितको बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन गरिएको थियो । उक्त समितिले विभिन्न चरणमा छलफल तथा संवाद गर्दै एकताको मोडालिटी समेत तय गरेको थियो ।

एकता प्रक्रियाको लागि नेकपा विद्रोही मसाल सहभागी हुने भनेपनि आन्तरिक तयारी अपुग भएको भन्दै भोलिको एकतामा सहभागी नहुने भएको नेताहरुले बताएका छन्  ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal