काठमाडौं । चुनावका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन गरिने भएको छ । आगामी बैशाख १० गते हुन लागेको उपचुनाव लागि निर्वाचन आयोगले बनाएको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न वितरण गरिने भएको छ ।
आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । फिर्ता लिने समय सकिएलगत्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशितपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।
त्यसैगरी आजबाट औपचारिक रुपमा उपनिर्वाचनको प्रसारप्रसार सुरु हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जितेको तनहुँ-१, उपराष्ट्रपति रामसहायप्रसाद यादवले जितेको बारा-२ र नागरिकता विवादमाम दोषी ठहर भएका रवि लामिछानेले जितेको चितवन-२ मा आगामी वैशाख १० गते उपचुनाव हुँदैछ ।
आयोगका अनुसार मतदान २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सकिएपछि मत गणनाको तयारी थाल्ने आयोगले जनाएको छ ।