आज :

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, उपचुनाव र न्यूनतम साझा कार्यक्रमबारे छलफल हुने

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बुधबार ४ बजे बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

बैठकमा उपचुनाव, सरकारका काम कारवाहीलाई थप प्रभावकारी कसरी बनाउनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।

त्यसैगरी सरकारको न्यूनतम साझा कार्यक्रमबारे पनि छलफल हुनेछ । नयाँ गठबन्धनपछि बनेको संयुक्त सरकारले साझा कार्यक्रमको ड्राफ्ट भइरहेको छ ।

सरकारका साझा कार्यक्रम तयार गर्न नेपाली कांग्रेस सचेतक रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव तथा उर्जामन्त्री शक्तिबहादुर बस्नेत, जसपा राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका विजय पौडेलको कार्यदल बनेको छ । उक्त कार्यदलले नयाँ मस्यौदा तयार पारेको छ ।

त्यसलाई अन्तिम रुप दिएर सार्वजनिक गर्ने सरकारीले तयारी गरेको छ । भोलि नै साझा कार्यक्रमलाई अन्तिम रुप दिइने गठबन्धनका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal