काठमाडौँ । बैशाख १० गते हुन लागेकाे उपचुनावमा रवि लामिछानेले चितवन-२ बाट पुनः उम्मेदवारी दिएका छन् । नागरिकता विवादमा रवि दोषी ठहर भएपछि रिक्त उक्त क्षेत्रमा पुनः चुनाव हुन लागेको हो ।
तर, संविधानले रविलाई रविलाई उम्मेदार हुनबाट बंचित गरेको छ । उनले अमेरिकाको स्थायी बसोबास अनुमतिपत्र त्याग गरेको तीन महिना नपुग्दै उम्मेदवारी दिएका छन् । सर्वोच्चको फैसलापछि रविले पुनः नागरिकता लिएको मितिले तीन महिना पुग्दैन ।
संविधानको धारा २९१ मा गरिएको व्यवस्था अनुसार रविले चुनाव लड्न पाउँदैनन् । उक्त धारामा लेखिएको छ, “यस संविधानमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशको स्थायी आवसीय अनुमतिपत्र लिएको नेपालको नागरिक यस संविधान बमोजिम निर्वाचन, मनोनयन वा नियुक्त हुने पदमा निर्वाचित, मनोनीत वा नियुक्तिको लागि योग्य हुने छैन । तर, त्यस्तो विदेशको स्थायी आवसीय अनुमतिपत्र त्यागेको व्यक्तिलाई कम्तिमा तीन महिनाको अवधि व्यतित भएपछि त्यस्ता पदमा निर्वाचित, मनोनित वा नियुक्त गर्न बाधा पर्ने छैन ।”
सर्वोच्च अदालतले पुरानो नागरिकता अवैध भन्दै पुनः नागरिकता लिन सक्ने फैसला गरेपछि काठमाडौं जिल्ला प्रशासनबाट रविले नागरिकता लिएका थिए । विदेशी स्थायी बसोबास अनुमति लिएपछि नेपाली नागरिकता स्वतः रद्द हुने सर्वोच्चले फैसला गरेको थियो ।
रविलाई महान्यायाधीवक्ताले राहादानी विवादमा मुद्दा नचलाउने निर्णय गरेपनि उक्त निर्णयविरुद्ध युवराज सफल सर्वोच्च पुगेका छन् ।
सर्वोच्चका न्यायाधीश सिन्हाले यसअघि संवैधानिक इजलासमा आफ्ना राय आइसकेकाले आफूरहितको इजलासमा निवेदन पेस गर्नुपर्ने बताएपछि पेशी सरेको थियो । आज १० बजे सिन्हा बाहेककाे इजलासमा रिटको सुनुवाइ हुँदैछ।


अनलाइन डबली





