
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको छ । सोमबार दर्ता भएको रिट मंगलबारका लागि पेशी सूची तोकिएको हो ।
युवराज पौडेलले लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा चल्नुपर्ने मागसहित आइतबार सर्वोच्च अदालत पुगेका थिए तर रिट निवेदन अध्ययन गरेर सोमबार रिट दर्ता गरिएको थियो ।
महान्यायाधीबक्ताले प्राप्त प्रमाण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए । उक्त निर्णयविरुद्ध सर्वोच्चमा युवराज सफल रिट दर्ता गराएका हुन् ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौँ, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने समेत ८ व्यक्ति तथा निकायलाई विपक्षी बनाइएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ ।
रिट निवेदकले मागे अनुसार आजै अन्तरिम आदेश आए लामिछानेको उम्मेदवारी स्वतः रद्द हुनेछ । अन्तरिम आदेश नआए चुनाव लड्ने बाटो खुला हुनेछ ।