आज :

रवि लामिछानेविरुद्ध परेको रिटमाथि आजबाट सुनुवाइ हुँदै, अन्तरिम आदेश आउला ?

  • अनलाइन डबली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राहदानी दुरुपयोगबारे मुद्दा नचलाउने निर्णयविरुद्धको रिटमाथि आजबाट सुनुवाइ सुरु हुने भएको छ । महान्यायाधिवक्ताले उक्त प्रकरणमा लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेका थिए ।

प्राप्त अनुसन्धान नगरी लामिछानेलाई उन्मुक्ति दिन खाेजेको भन्दै युवराज पौडेल उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को निवेदन लिएर पुगेका थिए । सर्वाेच्चले उक्त निवेदनदलाई सोमबार दर्ता गरेर आजलाई पहिलो पेशी तोकेको थियो ।

अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ ।

आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकता पेश गरी पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको रिट निवेदनमा जिकिर गरिएको छ ।

राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलले दाबी गरेका छन् ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के र कुन प्रयोजनका लागि प्रयोग (दुरुपयोग) गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने उनको माग रहेको छ ।

दोहोरो छलफल नभएसम्म लामिछानेलाई नेपाली नागरिकको रूपमा राजनैतिक अधिकार प्रयोग गर्न नदिनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम निर्वाचन आयोग लगायतका विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गर्न पनि पौडेलले रिटमा माग गरेका छन् ।

केही कानुन व्यवसायीहरुले रविको उम्मेदवारी गैरकानुनी भएको भन्दै अन्तरिम आदेश आवश्यक रहेको बताएका छन् । उनीहरुको दाबी अनुसार रविलाई गैरकानुनी रुपमा छुट दिन खोजेको समेत बताएका छन् ।

आज पहिलो चरणको बहस हुनेछ भने अन्तरिम आदेश‍ आवश्यक नरहेको अर्को थरी कानुन व्यवसायीको दाबी रहेको छ ।

एउटै प्रकरणमा कानुन व्यवसायीहरुका धारणा फरक फरक आइरहेको बेला सर्वोच्चले कस्ताे आदेश दिन्छ सबैको चाँसोको विषय बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal